
बागलुङ । बागलुङको बरेङमा शनिबार बिहान यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नं को जिप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो।
रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको र अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ। जिप सुदला चोकमा रोकेर चालक हीरा काउचा यात्रु बोलाउन निस्केका बेला सो दुर्घटना भएको हो।
मृत्तक खत्रीले जिपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन्। उनलाई उपचारको लागि पाल्पा पठाइएको छ। जिपमा चार जना यात्रु सवार थिए।
Photo-Imagekhabar
