पोखरामा भलले बगाउँदा एकजना सेतीमा वेपत्ता (भिडियो)

Share:

पोखरा । पोखरामा भलले बगाउँदा एकजना सेती नदीमा वेपत्ता भएका छन् । शुक्रबार भीषण वर्षासँगै आएको भलले बगाउँदा एकजना वेपत्ता भएका हुन् ।

पृथ्वीचोकबाट बगेर आएको भलले चाइनापुल नजिकै मानिसलाई बगाएको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । मोटरसाईकलसहित मान्छे सेती नदीमा झरेको भन्दै प्रहरीले अहिले खोजी थालेको छ ।

दुईवटा मोटरसाईकल बगेकोमा एकजनालाई तानेर निकालिएको र अर्को मान्छे मोटरसाईकलसहित सेतीमा झरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । वेपत्ता हुनेको परिचय खुल्न सकेको छैन ।

पोखरामा पानीको उचित निकाश नहुँदा वर्षा भएसँगै सडकमा भलले वर्षेनी मानिसलाई बगाउने गरेको छ । सडक छेउमा रहेका नालाहरु खुल्ला हुँदा बगाउने समस्या सिर्जना भएको हो ।

फोटो-सुदर्शन रञ्‍जित

कमेन्ट गर्नुहोस्
Share: