लोकसेवाको विज्ञापनमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले दिए ?

Share:

काठमाडौं – लोक सेवा आयोगले स्थानीय सेवाअन्तर्गत ५ सय १५ स्थानीय तहका विभिन्न पदका लागि आह्वान गरेको पदपूर्तिसम्बन्धी विज्ञापनको अन्तिम म्याद आज सकिँदै छ ।

आयोगले गत जेठ १५ गते विज्ञापन आह्वान गरी देशभरका विभिन्न ५ सय १५ ओटा स्थानीय तहका ९ हजार १ सय ६१ पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।

आयोगले यसअघि जेठ ३० गतेसम्मका लागि अन्तिम म्याद तोकेकोमा दरखास्त दिने अनलाइन प्रणालीमा खराबी आएपछि असार १० गतेसम्मका लागि अन्तिम मिति तोकी १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने व्यवस्था गरेको थियो ।

लोक सेवा आयोग स्रोतका अनुसार मंगलबार विहानसम्म ४ लाख १८ हजार २ सयको हाराहारीमा दरखास्त परेका छन् । आज राति १२ बजेसम्म दरखास्त बुझाउने म्याद भएकाले यो संख्या अझै बढ्नसक्ने लोक सेवा आयोगका प्रवक्त किरण राज शर्माले बताए ।

कमेन्ट गर्नुहोस्
Share: