पर्वतमा बाँदरको आतंक : बारीको मकै खाएपछि घरमा गएर आक्रमण

Share:

पर्वत – बारीमा लगाएको मकै, तरकारी र फलफूलमा समेत बाँदरले क्षति पु¥याएपछि पर्वतको विहादी गाउँपालिकाका बासिन्दा हैरान बनेका छन् । बाँदरले मकैसँगै बारीमा लगाएको तरकारी र फलफूल समेत सखाप पारेको किसानले गुनासो गरेका छन् ।

‘खेतबारीमा लगाइएको खेतीबाली सबै बाँदरले सखाप पा¥यो,’ विहादी गाउँपालिका सिङसियाकी रन्नता पाठकले भनिन्। पाठकका अनुसार बाँदरले घर घरमा छिरेर बच्चा र बृद्ध–बृद्धामाथि समेत आक्रमण गर्न थालेको छ ।

बाँदरको आतंककै कारण ५ रोपनी जमीनमा लगाइएको तरकारी र फलफूल खेतीसमेत गर्न छाड्नुपरेको पाठकले सुनाइन् । ‘पकाएको खाना र भाँडासमेत बाँदरले बोकेर लैजान थालेको छ । बाँदरको आतंकका कारण यहाँका मानिसहरुले अन्तै बसाइँसराइ गर्न थालेका छन्,’ पाठकले भनिन् ।

विहादी गाउँपालिका– ५ उरामका एकनारायण काफ्ले ३ रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै बाँदरले सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताउँछन् ।

गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार गाउँपालिका भरि लगाइएकोमध्ये ३३ प्रतिशत मकै बाँदरले खाइसकेको छ । यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको उनले सुनाए ।

गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको पनि उनले बताए । यद्यपि बाँदरलाई नियन्त्रणमा लिने नयाँ प्रविधिबारे छलफल भइरहेको अध्यक्ष भुसालको भनाइ छ । -रासस

File Photo

कमेन्ट गर्नुहोस्
Share: