म्याग्दी खोलाले बगाउँदा दुई बालक बेपत्ता

Share:

म्याग्दी । म्याग्दीमा भाँडाकुटी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा दुई जना बालक बेपत्ता भएका छन् । मंगलबार साँझ पाँच बजेतिर बेनीनगरपालिका–२, दुधेखोला स्थित म्याग्दी खोलाको किनारमा भाँडाकुटी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जना बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बागलुङ जिल्ला घर भएर बेनी–२, दुधेखोलामा कोठा भाडामा लिएर बस्ने डम्बर काउचाको छोरा ८ वर्षीय डेबिट काउचा र बेनी–३, हल्लेगौँडाका मनबहादुर रोकाको ८ वर्षीय छोरा प्रदीप रोका बेपत्ताद भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएको भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी कार्यालयबाट उद्दार टोली घटनास्थल पुगेर खोजीगर्दा पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: