
काठमाण्डौ । काठमाण्डौको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरी घाइते भएका छन् । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
