डडेल्धुरामा ट्याक्टर दुर्घटना, १३ घाइते

216
0
Share:

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन । जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जादै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर दिउँसो ४ बजेतिर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते १३ जनामध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ । अत्यधिक गतिका कारण ट्याक्टर सडमै पल्टिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: