सक्रिय हुनथाल्यो देशभरको मनसुन : पश्चिम क्षेत्रमा बाढी पहिरोको जोखिम

250
0
Share:

पाेखरा ।  असारको तेस्रो साताबाट देशभर मनसुन सक्रिय हुन थालेको छ । मनसुनी न्यूननचापीय रेखा भारतबाट नेपालतर्फ सर्न थालेकाले देशभरको मौसम बदली भएर भारी वर्षा हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

यसैवीच बाढी पुर्वानुमान विभागले आइतबार देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । विभागले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज सम्भव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ ।

मङ्गलबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको बताएको छ । बुधबारबाट भने प्रदेश १, प्रदेश ३ र प्रदेश ५ को धेरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका खोलानालाहरूमा आकस्मिक बाढी आउने पुर्वानुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: