
खोटाङ । जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैदी मृत फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आइतबार साँझपौने सात बजे समूहमानदेखिएपछि खोजीगर्दा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुखचित्राखर आचार्यले बताउनुभयो ।
श्रीमतीको हत्याअभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलानभएकाथिए । कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालतपुग्दा समेत दोषी सावित भएपछि उनी जेल पठाइएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
