
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) ले लेखापरीक्षकहरुको पेशागतहकहित र सदस्यहरुको भावना एबं कानूनको भावनाबमोजिम लेखापरीक्षकशब्दको प्रयोग गर्न गराउन सम्बद्ध पक्षहरुसँग पहलगर्न जोडदार माग गरेको छ ।
काठमाण्डौमा सम्पन्न केन्द्रीयकार्य समितिको बैठकको समापनको क्रममा ९ सुत्रीयविशेष प्रस्ताबहरु जारी गर्दै उक्तमागगरिएको हो ।
त्यस्तै वैठकले ७जना सदस्यहरु जय धर्म पोखरेल, महानन्द गुरागाई, झनक राज ढुङ्गेल, नेत्र ज्ञवाली, कामोद झा, बसन्तपौडेल र कुमार खतिवडा लाई मनोनयन गरी ७३ सदस्यीय केन्द्रीय समितिलाई पूर्णतादिएको छ ।
बैठकले मोहन राज रेग्मीको अध्यक्षतामा २५ सदस्यीय सचिवालय, कमल खरेलको संयोजकत्वमा ९ सदस्यीयविशेषज्ञ समिति, सूर्य प्रसाद अधिकारीको संयोजकत्वमा २१ सदस्यीय सल्लाहकार समिति, धु्रब प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय लेखापरीक्षण समिति र श्री शिब प्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीयअनुशासन समितिपनि गठन गरेको छ।
२ दिन सम्मचलेको सो बैठकको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकाअध्यक्षजगन्नाथउपाध्यायनिरौलाले उद्घाटन गरेका थिए । उक्तअवसरमा लेखातथा लेखापरीक्षण क्षेत्रकाविभिन्नमहानुभावहरुको उपस्थिती रहेको थियो ।
