मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

Share:

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक सोमबार वा बिहीबार बस्ने प्रचलन रहे पनि प्रधानमन्त्रीले आकस्मिक रुपमा मंगलबार बिहान ७ बजेका लागि बोलाएका हुन् ।

बैठक केही बेर अघिबाट सुरु भएको बालुवाटार स्रोतले जनाएको छ । बैठकका एजेन्डा सार्वजनिक नगरिएको भए पनि केही महत्वपूर्ण निर्णय हुने स्रोतको दाबी छ । यसअघि सोमबार दिउँसो ४ बजे पनि मन्त्रिपरिषदको बैठक बसेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: