ग्रील तोडेर हिरासत कक्षबाट ३ जना थुनुवा फरार

1080
0
Share:

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासत कक्षबाट तीन जना थुनुवा फरार भएका छन्। लागूऔषध र चोरी घटनामा थुनामा रहेका अभियुक्त गएराति ग्रिल उप्काएर भागेका हुन् ।

फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन् । जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । उनीहरुको नाम खुलाइएको छैन ।

प्रहरीले फरार रहेका अभियुक्तको खोजी गरिरहेको छ। उनीहरू विरुद्ध म्याद थप गरी अदालतमा चोरी र लागूऔषधमा मुद्दा बुझाउने तयारी भइरहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: