एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्कँदै

Share:

काडमाण्डौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि विजेता नेपाली टोली बुधबार स्वदेश फर्किने भएको छ । तर नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र उप कप्तान पवन शर्राफ भने नेपाल आउने छैनन् ।

सिनियर टिमका पनि सदस्य रहेका रोहित र पवनले सिंगापुरमा हुने टी–२० विश्वकप छनोटका लागि सिनियर टिममा सहभागी हुने छन् । पारस खड्काको कप्तानीमा रहेको सिनियर टिम पनि मंगलबार अभ्यासका लागि मलेसिया पुगेको छ । त्यहाँ नेपाली टिमले मलेसियासँग २ वटा टी–२० खेल्ने र २० तारिखमा मात्रै सिंगापुर जाने तयारी गरेको छ ।

यू १९ एसिया कपमा छनोट भएको नेपाली टिमका बाँकी सदस्यहरु आज राति नेपाल आइपुग्ने छन् । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाली युव टिमले श्रीलंकामा अगस्टमा हुने एसिया कप यू–१९ क्रिकेटमा स्थान पक्का गरेको छ । अगस्ट र सेप्टेम्बरमा आयोजना हुने श्रीलंकामा यू १९ एसिया कपमा घरेलु टोली श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत, यूएई, कुवेत र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: