ठूलोबुबा र ससुराको हत्या,फरार अभियुक्त पक्राउ

Share:

अछाम । अछामको मङ्गलसेन नगरपालिका १ ढुङ्गानीमा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ । ढुङ्गानीका पिरमकुमार साउदले चिर्पट प्रहार गरी ठूलोबुबा ७२ वर्षीय देउसिङ साउद र ससुरा ५५ वर्षीय वीरभान थापाको हत्या गरेका हुन्।

मंगलबार राति करिब १ बजे हत्या गरे लगत्तै फरार भएका पिरमकुमार साउदलाई मङ्गलसेन नगरपालिका २ मिस्तुरबाट पक्राउ गरेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: