
चितवन – निर्माण कार्य स्थगित भएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु हुने भएको छ । बिहीबार धुर्मुस–सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्ति जारी गरी रंगशाला निर्माणको काम अघि बढाउने जानकारी दिएको हो ।
विज्ञप्तिमा चितवनवासीले आगामी दिनमा रंगशाला निर्माणमा रुकावट नहुने प्रतिबद्धता जनाएपछि कामलाई निरन्तर अगाडि बढाउन लागिएको सिताराम कट्टेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ,’ उनले भने,‘जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिबद्ध रहनुहुनेछ ।’
स्थानिय बासिन्दाले रंगशालाको तारबारमाथि डोजर चलाएपछि फाउण्डेसनले गत जेठ १५ गतेदेखि रंगशाला निर्माणको काम बन्द गरेको थियो ।
