
काठमाडौं । कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ ।
नेपाली दूतावासका अनुसार त्यस भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको होे । र मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन ।
उनीहरुको शव फर्वा्निया अस्पतालमा राखिएको छ। मृत्यु हुने दुई जना घरेलु महिला कामदार हुन् । आगलागी भएको आवास कम्पनी वा पारिवारिक आवास कुन हो भनेर पहिचान भइसकेको छैन । महावुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो ।
कमेन्ट गर्नुहोस्
