बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६५ पुग्यो,३० जना अझै बेपत्ता

Share:

काठमाडौँ । बिहीबारदेखि आएको अविरल वर्षासँगैको बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ। मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन् । ३८ जना घाइते भएका छन्। हालसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको छ । ३० जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार उपत्यकामा हालसम्म ८ जनाको मृत्यु भएको छ। जसमा काठमाडौँमा ३ र ललितपुरमा ५ जनाको मृत्यु भएको छ।
प्रदेश १ मा २० जनाको मृत्यु भएको छ। जसमा भोजपुरमा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ। यस्तै, ओखलढुङ्गामा पहिरोमा ४ जनाको मृत्यु भएको छ।

प्रदेश २ मा १८ जनाको मृत्यु भएको छ। प्रदेश २ मा रौतहमा ५ तथा सिराहामा ४ जनाको मृत्यु भएको छ।
उपत्यकाबाहेक प्रदेश ३ मा १५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा पाल्पा र दाङमा एक÷एक जना गरी दुईको मृत्यु भएको छ। कर्णालीमा बाढीमा परेर दुई जनाको ज्यान गएको छ।

कमेन्ट गर्नुहोस्
Share: