
वीरगञ्ज – विभिन्न लागुऔषधसहित प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका–७ का ४० वर्षे मिश्रीलाल साहलाई वीरगञ्ज–१६ भानुचोकबाट प्रहरीले पक्रेको हो ।
उनको साथबाट लागुऔषधको प्रयोग हुने इन्जेक्सन ४ सय ५० थान, फेनारगन १ सय ५० थान, नोर्फिन १ सय ५० थान, डाइजेपाम १ सय ५० थान बराम भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
