विश्वकप क्रिकेटको फाइनलमा सट्टेबाजी गर्ने दुईजना पक्राउ

Share:

वीरगञ्ज – एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा सट्टेबाजी गर्ने दुईजनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले आइतबार राति विश्वकप क्रिकेटको फाइनल खेलमा सट्टेबाजी गर्ने वीरगञ्ज महागरपालिका–७ बस्ने ३१ वर्षे आशिषकुमार वर्णवाल र वडा नम्बर १९ बस्ने २१ वर्षे निरज तिवारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको इंग्ल्यान्ड र न्युजिल्यान्डबिच आइतबार राति भएको फाइनल खेलमा सट्टाबाजी गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको शर्माले बताए ।

कमेन्ट गर्नुहोस्
Share: