
मकवानपुर – प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिएका छन्।
गएको असार २५ गते नै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राजीनामा दिएको भए पनि दुवै जनाले यस विषयमा कुरा बाहिर नल्याउने सहमति भएको थियो ।
मंगलबार उपाध्यक्ष देवकोटाले आफूले राजिनामा दिएको जानकारी दिए।
देवकोटाले व्यक्तिगत कारणले नै राजीनामा दिएको बताए । राजीनामा दिएको कुरालाई ५ दिनसम्म गोप्य राखेर समस्याको समाधान गर्ने निकाल्ने तयारी थियो । तर जुन समस्याबाट राजीनामा दिएको हो त्यो समस्या समाधान नभएपछि देवकोटाले राजीनामा दिएको बताए ।
उपाध्यक्ष देवकोटाले व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि बजेटका विषयमा धेरैखालका असन्तुष्टी भएको बुझिएको छ । उनका असन्तुष्टीको समाधान गर्नका लागि दिएको राजीनामा पनि गोप्य राखिएको थियो ।
