पोखरामा लागूऔषध कारोबारीसँग भेटियो ‘पेन गन’

Share:

पोखरा । पोखरामा लागूऔषध कारोबारीको साथबाट पेन गन फेला परेको छ । कलमजस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली बरामद भएको हो ।

पोखरा महानगरपालिका २४ कास्कीकोट घर भई पोखरा-७ मासबार बस्ने २४ वर्षका सागर रानाभाटको साथबाट पेन गन बरामद भएको हो ।

हतियारसमेत बोकेर हिँड्ने गरेको सूचनाको आधारमा कास्की प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । उनको कोठामा छापा मार्दा पेन गनसँगै लागूऔषधसमेत बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: