तनहुँमा पाँच वर्षीया बालिका बलात्कृत

Share:

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ पल्लो नरंगाकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा छिमेककै युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–१ मा घर भइ पल्लो नरंगामा बस्दै आएका १९ वर्षीय नवीन थापा रहेका छन्।

बुधबार साँझ खेल्दै गरेकी ती बालिकालाई बलात्कार गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीसँग खेल्दै गरेकी बालिकालाई थापाले फकाएर मकै बारीमा लगी बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको केही समयपछि पीडित बालिकाले हजुरआमालाई भनेपछि आफन्तले घटनाबारे थाहा पाएका थिए। घटनाको जानकारी पाउनासाथ आफन्तले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। बालिकाको दमौली अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: