
पोखरा। हिन्दु महिलाहरुको महान चाड तीज नजिकिएसँगै तीज गीत बजार भित्रिने क्रम सुरु भएको छ। यसैबीच साहित्यकार एवं गायिका अम्बिका भण्डारीले ‘आँठा आँठा छेकेर’ बोलेको गीत बजारमा ल्याएकी छन् ।
यसअघि महिलाका व्यथा गीतमा उतार्ने गरेकी भण्डारीले यस वर्ष समग्र देशलाई गीतमा उतारेकी छन् । गीत नमस्ते पोखरा युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको छ ।
गीतको भिडियो निर्देशन पोखरा छवि सुवेदीले गरेका छन् । यस्तै गीतमा मेरी बास्सैका कलाकार दिवाकर भण्डारी ‘सापटी’, बुद्धिसागर खनाल, अम्बिका भण्डारी, कृष्णराज दाहाल र सोमु सुनारको पनि अभिनय देख्न सकिन्छ।
भण्डारीको लय, शब्द र स्वर रहेको गीतमा भावना पन्त सल्यानी र कुलमाया क्षेत्रीको नृत्य रहेको छ । गीतको संगीत संयोजन बिबि अनुरागीले गरेका हुन् । छायांकन र सम्पादन शिव भुर्तेलले गरेका छन् । साहित्यकारसमेत रहेकी गायिका भण्डारीका दुई कविता संग्रह, एक खण्ड काव्य, १ एक मुक्तक प्रकाशन भइसकेका छन् ।
भिडियो:::
