काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको ‘क्लिन फीड’ लागू गराउने प्रावधान हटाउन नसकिने अडान राखेका छन् ।
मन्त्री बाँस्कोटाले राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले त्याे विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राखेको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि स्पष्ट पारे ।
सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा त्याे प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्वय कर्ण र मियाँलाई आग्रह गरे ।
नेपालको हितलाई प्रवर्द्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको त्याे प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान सय पटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
