
झापा- प्रतिबन्धित लागू औषधसहित मोरङ र झापाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।मोरङको केरावारी गाउँपालिका-१० बगैँचा चोकबाट प्रहरीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले ३ किलो गाँजासहित सोही ठाउँ बस्ने बर्ष १८ को गणेश तामाङ र जिग्री भुजेललाई पक्राउ गरेको हो।
सोमवार बिहानको राती २ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा ३ किलो लागूऔषध गाँजा फेला पारि दुवै जनालाई इलाका प्रहरी कार्यालय केरावारीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
त्यसैगरी आईतवार साँझ ६:४० बजे झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेट अगाडीबाट खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको हो।
लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईन सहित ईलामको सुर्योदय नगरपालिका-१० फिक्कल बस्ने बर्ष ३१ को अमित लिम्बु र झापा बुद्धशान्ति गाउँपालिका-४ बस्ने बर्ष २१ को किशन बेघालाई पक्राउ गरको हो।
भारतबाट नेपाल तर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको खैरो हेरोईन बरामद गरेको थियो।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
