भारतीय ट्रकले पाँच सवारीसाधनलाई ठक्कर दिँदा दुईको मृत्यु

Share:

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ मा भारतीय ट्रकले  पाँचवटा सवारीसाधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एमएन ०१ डी ८०३१ नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, १ टाटा सुमो, १ अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।

लहरीको ठक्करपछि नाम नखुलेका मोटरसाइकलका चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेहरुको नाम खुल्न सकेको छैन ।

दुर्घटना चुरियामाई मन्दिरबाट १ सय मिटर हेटौँडातर्फको सडकमा भएको हो । दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिसकेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: