बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

Share:

लन्डन : बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्वमा कडा प्रतिस्पर्धी जेरेमी हन्टलाई पराजित गरेसँगै जोन्सन बेलायतको कार्यकारी प्रमुख बन्ने तय भएको हो।

जोन्सनले उत्कृष्ट विचार भएका हन्टलाई साथमै लिएर हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले थेरेसा मेले सम्हालेको क्याबिनेटको उत्तराधिकारी बन्न पाउनु सौभाग्य भएको उल्लेख गरेका छन्।

बोरिसको पक्षमा ९२ हजार एक सय ५३ र हन्टको पक्षमा ४६ हजार ६ सय ५६ मत खसेको छ।

कमेन्ट गर्नुहोस्
Share: