
पोखरा। पोखरा महानगरपालिका ३३ बस्ने शान्ति पाध्याले बसमा यात्रा गर्ने क्रममा छुटेको आफ्नो पैसा फिर्ता पाएकी छन् । उनी बुधबार पोखरा-२ बाग्लुङ बसपार्कबाट बागमारा तर्फ गईरहेको बसमा सवार थिइन् ।
त्यही क्रममा आफूसँग भएको दुई लाख नगदसहितको झोला ना ६ ख ८४१२ नम्बरको बसमा नै बिर्सिएपछि प्रहरीलाई खबर गरिन् । खबर गरेलगत्तै प्रहरीले बसलाई रोकी चेकजाँज गर्ने क्रममा नगद सहितको झोला फेला पारी शान्तिलाई बुझाएको छ ।
पोखराका लागि यो नौलो घटना भने होइन । पोखरामा यस्ता घट्ना बेलाबखत हुने गर्छन् । हराएपछि जतिसक्दो छिटो प्रहरीलाई खबर गरे खोजी कार्यमा सहज हुन्छ ।
कमेन्ट गर्नुहोस्
