
पोखरा । बालिकालाई बन्धक बनाएर जवर्जस्ती करणी गर्ने उदयपुरका एक शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई बन्धक बनाएर जवर्जस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डी नगरपालिका-७ बस्ने २८ वर्षीय राकेश कुमार कानोडियालाई पक्राउ गरिएको हो । पक्राउ परेका राकेश म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक समेत रहेको प्रहरीले जनाएको छ ।
बिराटनगर घर भएका कानोडियाले बालिकालाई पोखराको लेकसाईड स्थित एक होटलको कोठामा ८ दिनदेखि बन्दक बनाएर राखेका थिए । प्रहरीका अनुसार राकेशले ती बालिकाले प्रयोग गर्ने गरेको मोबाइल समेत नियन्त्रणमा लिएका थिए ।
अभिभावकसँग सम्पर्क गर्न नदिई बन्धक बनाई राकेशले यौन शोषण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
बालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको कास्की प्रहरीका प्रवक्ता राज कुमार के.सीले जानकारी दिए। पक्राउ परेका कानोडियालाई कानुनी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
