दोर्दी खोलामा बाढी : मृत्यु हुनेको संख्या ४ पुग्यो, ७ बेपत्ता

Share:

लमजुङ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीबाट मृत्युहुनेको संख्या ४ पुगेको छ । बाढीमा परी ७ जना बेपत्ता भएका छन् ।

दोर्दीखोलाले बगाएर ल्याएको दुई शव दोर्दी गाउँपालिका-४ नौथर शेरा नजिकै बाढीआएको केहीबेरमै भेटिएको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

दिउँसो एक्कासी बाढी आउँदा स्थानीय तथा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत कामदारहरु भागाभाग गर्नुपरेको थियो । ढोडेनीमाथि लेकबाट एक्कासी पहिरो आएको र त्यसक्षेत्रका स्थानीय भागाभाग भएको स्थानीयले बताएका छन् ।

दोर्दीखोलामा निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा क्षति पुराएको र काम गर्ने ठाउँमा बाढी पस्दा धनजनको क्षति पुगेको स्थानीयले बताएका छन् ।

मृत्यु हुने तथा बेपत्ता हुने सबै जलविद्युत आयोजनाका कामदार रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: