सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु

Share:

तनहुँ । तनहुँमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज (बिहीबार) विहान एक जनाको मृत्यु भएको छ । सवारीसाधनको ठक्करबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीए खड्कबहादुर दर्लामीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विहान ५ वजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदल यात्री दर्लामीलाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: