डुब्दा र पैनीले बगाउँदा दुई जनाको मृत्यु

Share:

झापा- खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा बिहीवार झापामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका– १ गोलधाप का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका– ५ का ६८ वर्षीय काजीबहादुर जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुढाथोकी आज बिहानै हिँडेको र घर नफर्किएपछि खोजी गर्ने क्रममा घर नजिकैको खेतमा जमेको पानीमा डुबेर मृत भेटिएका थिए ।

त्यस्तै घरबाट गोठ जाने क्रममा चिप्लिएर पैनीमा खसेका जोशीलाई बगाएको प्रहरीले जनाएको छ । उनको शव पाँच किलोमिटर टाढा फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: