
काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । एक सय मिटर फ्रिस्टाइलमा गौरिकाले राष्ट्रिय कीर्तिमान सुधार गर्दै एक ६२ मिलिसेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन् ।
यसअघि १ सय ७९ मिलिसेकेण्डको कीर्तिमान थियो । फ्रिस्टाइल वरीयतामा गौरिका ९३ मा ६९ औं स्थानमा रहिन् ।
यस्तै नेपालका एलेक्जेन्डर शाहले पनि राष्ट्रिय कीर्तिमान बनाएका छन् । पौडीबाज शिरीष गुरुङको नाममा एक सय मिटर फ्रिस्टाइलमा रहेको कीर्तिमान शाहले तोडे ।
उनले ५६.२८ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । शिरीषले दुई वर्षअघि ५७.६९ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
कमेन्ट गर्नुहोस्
