मनाङका क्रियाशिल पत्रकार लामिछाने सम्मानित

Share:

मनाङ।  विगत ३ वर्ष देखि पत्रकारिता क्षेत्रमा समर्पित मनाङका क्रियाशिल यूवा पत्रकार नविन लामिछाने सम्मानित भएका छन् । उनलाई नेपाल टेलिभिजनले उत्कृष्ट संम्वाददाताको रुपमा शुक्रवार सम्मान गरेको हो ।

उनीसँगै अरु प्रदेशका ७ जना पत्रकारलाई नेपाल टेलिभिजनले उत्कृष्ट संम्वाददाताको रुपमा सम्मान गरेको हो । लामिछाने मनाङमा रही दुरदराजका खोजमुलक समाचार संम्प्रषण गर्दै आईरहेका छन् । विकट हिमाली जिल्ला मनाङको हिउ चिसो ,पहाड र उकाली उराली छिचोल्दै मनाङमा भईरहेको गतिविधि उजागर गर्दै आईरहेका छन् ।

उनको योगदानको कदर गर्दै टेलिभिजनले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री गोकुल बास्कोटा तथा नेपाल टेलिभजनका उच्च ब्यक्तिहरुले उनलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।

सम्मानपछि लामिछाने आफुले विकट जिल्लामा रहेको संञ्चार क्षेत्रमा पू¥याएको योगदान भएको बताए । सहर केन्द्रित पत्रकारिता र दुरदराजको पत्रकारिता नितान्त फरक र चुनौतिपूर्ण हुने भन्दै पत्रकार लामिछानेले मनाङको प्राकृतिक सौन्दर्यता र त्यहाँको भोगाईलाई चित्रण गर्न पाउदा गौरवान्वित भएको उल्लेख गरे ।

उनले विकट ठाउँको कष्ट र मेहनतलाई सच्चा रुपमा मूल्याङ्कन गरेको आभार व्यक्त गरे ।
पत्रकार लामिछाने पत्रकार महासंघ मनाङको उपाध्यक्ष तथा एन टिभि र रासस संम्वाददाता हुन् ।

कमेन्ट गर्नुहोस्
Share: