
पाेखरा । पृथ्वीराज मार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा योगेन्द्र बहादुर केसी चयन भएका छन् । शुक्रबार पोखरा महानगरपालिका स्थित सभागृहमा भएको प्रथम बार्षिक साधारण सभा तथा पहिलो अबिधेशन मार्फत केसी सर्वसम्मत नेर्तत्वमा आएका हुन् । अबिधेशनले अध्यक्ष बाहेक अन्य पदाधिकारी सहमतिमा नै चयन गर्न नसक्दा शनिबार (आज) विहान चुनाव हुने भएको छ ।
सर्वसम्मत हुन नसके पछि चुनावी मैदानमा उपाध्यक्ष सहित अन्य पदहरुमा बस सञ्चालक तथा ब्यवसायीहरु अशोक कुमार चौधरी, ओमप्रकाश कार्की, कमल सिं तामाङ्ग, काशी शर्मा न्यौपाने, कुलराज गुरुङ्ग, कृष्णबहादुर बल्छौडी, जय प्रसाद शर्मा, जस बहादुर गुरुङ्ग, धर्मराज अर्याल बाबुराम दवाडी, विरेन्द्रराज श्रेष्ठ, विश्वराज बराल, भरतकुमार मल्ल, मेघराज त्रिपाठी, रेशमकुमार श्रेष्ठ रमेश क्षत्री, रेशमबहादुर थापा, लक्ष्मीप्रसाद पौडेल, सुरेशबहादुर क्षत्री, ज्ञानबहादुर केसी रहेका छन् ।
अधिवेशनमार्फत सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका केसी तत्कालिन समितिका महासचिवको रुपमा सक्रिय रहेका थिए ।
