रियलको लज्जास्पद हार

Share:

एजेन्सी । ईन्टरनेसनल च्याम्पियन्स कपमा शनिबार भएको खेलमा एट्लेटिको म्याड्रिडले घरेलु लिग प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई लज्जास्पद हार चखाएको छ । अमेरिकामा भएको खेलको पहिलो हाफमै एट्लेटिकोले रियलविरुद्ध ५–० को फराकिलो अग्रता लिएको थियो ।

खेलको सुरुआतबाटै हाबी भएको एट्लेटिकोका लागि डिएगो कोस्टाले ४ गोल गरे भने नयाँ खेलाडी जोआओ फेलिक्स र एन्जल कोरेराले १-१ गोल गरे । कोस्टाले खेल सुरु भएको १ मिनेटमै गोल गरेर आफ्नो टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । जोआओ फेलिक्स र एन्जल कोरेराले खेलको ८ र १९ औं मिनेटमा गोल गरेका थिए ।

रियलका लागि खेलको ६० औं मिनेटमा नाचोले गोल गर्दै टोलीलाई सान्त्वना दिलाएका थिए । खेलको ६५ औ मिनेटमा डिएगो कोस्टा र रियलका कार्भाहालले रातो कार्ड खादैं मैदानबाट बाहिरिएका थिए ।  भिटोलोले खेलको ७० औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई ७-१ को फराकिलो अन्तर दिलाएका थिए ।

रियलका लागि करिम बेन्जेमाले खेलको ८५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर आफ्नो टिमलाई ७-२ सम्म पुर्याए । बेन्जेमाले गोल गरेमो ४ मिनेट पछिनै ८९औ मिनेटमा करेराले गोल गर्दै रियललाई ७-३ सम्म पुर्याए ।  दुबै टोलि अहिले प्रि-सिजनका लागि अमेरिका भ्रमणमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: