
समिर जोशी तनहुँ।तनहुँको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु माथिनै हातपात र दुव्र्यव्यहार गरेकी छन्।नगरपालिकाको सभा कक्षमा नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख रसाइलीसगै सहभागी भएका युवाहरुले सेतीमादी दैनिकका सम्पादका एवं नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारी ,खबरबाटिका साप्ताहिकका सम्पादक समुन्द्र पौडेल लगायतलाई हातपात गरेका हुन्।
उपप्रमुख रसाइलीले क्षेत्राधिकार बाहिर गएर सार्वजनिक जग्गा क्लवलाई दिएको विषयमा सेतीमादी दैनिकमा समाचार प्रकाशित भएको विषयलाई लिएर आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु माथि हातपात र दुव्र्यवहार गरिएको हो।त्यहा उपस्थित सुरक्षाकर्मीले पत्रकारहरुलाई थप आक्रमणबाट हुनबाट जोगाएका थिए ।
उपप्रमुखले गरेको घटनाको नेपाल पत्रकार महासंघ तनहुँ शाखाले गम्भीर आपत्ति जनाएको छ । महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य र सचिव उज्वल पौडेलद्धारा जारी विज्ञप्तीमा उपप्रमुख रसाइलीको पत्रकार सम्मेलनमा गरिएको व्यवहारको खेद व्यक्त गरिएको छ ।विज्ञप्तीमा पत्रकार सम्मेलनमा आफ्ना धारणा नराखी पत्रकारहरु माथि अपशब्द प्रयोग गर्नु अत्यत्न खेदजनक रहेको उल्लेख गरिएको छ ।महासंघले उपप्रमुखले यस किसिमको गल्ती सच्याउनु पर्नेमाग गर्दै पत्रकारहरुलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्ने वातावरण मिलाउन भनेको छ ।
