भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट: मन्त्री बाँस्कोटा

246
0
Share:

काभ्रे। सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताएका छन्।

मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई शनिबार काभ्रेपलाञ्चोकको बनेपामा सम्बोधन गर्दै भ्रमण वर्षमा मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने बताए।

‘भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तर्राष्ट्रिय मिडिया समिट गर्नेछ’ उनले भने।
मन्त्री बाँस्कोटाले होटल तथा पर्यटन व्यवसायीलाई मिडिया समिटका लागि सरकारसँगै ‘लिड गर्न’ पनि आग्रह गरे। ‘भिजिट ट्वान्टी ट्वान्टी भनेर तपाईंहरु पनि लिड गर्नुस्, पक्कै सफल भइन्छ’ उनले भने।

सन् २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तर्राष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा व्यापक मात्रामा परिवर्तन भएको उनले स्मरण गरे।

मन्त्री बाँस्कोटाले सङ्गठन, व्यवसाय, विकास, राष्ट्रलाई टेवा र सुरक्षा पुर्‍याउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए। भ्रमण वर्षका लागि सरकारले औपचारिकरूरुपमा मात्रै रु १० करोड छुट्याएको छ।

मन्त्री बाँस्कोटाले ठूला होटलको अवधारणा ल्याउनेका लागि सरकारले सडक, बिजुली, इन्टरनेटलगायत पूर्वाधारको विकास गर्ने बताए।

File Photo

कमेन्ट गर्नुहोस्
Share: