
पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ।
प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलेद्वारा हस्ताक्षरित सूचनामा तीजको मौलिकता विपरीतका भड्किलो गतिविधि रोक्न आग्रह गरिएको छ। कहीँ कतै सूचनाको बर्खिलाप भएमा कानून बमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।
केही वर्षयता तीजको नाममा महिना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको साँस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्यमन्त्री, पोखरा महानगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालय लगायतमा ज्ञापनपत्र बुझाएको थियो।
नारी जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भनिन्, ‘हाम्रो उद्देश्य तीजको महिमा र महत्वलाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हो। प्रशासनबाट जारी सूचनाले तीजमा हुने भड्किलो गतिविधि न्यूनिकरण हुनेमा हामी विश्वस्त छौँ।’
उनले महिला स्वतन्त्रताको पर्वको रुपमा स्थापित यस पर्वको साँस्कृतिक महत्वलाई जोगाउनु सचेत नागरिकको दायित्व भएको बताइन्। प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज रहेको छ।
यस्तो छ प्रशासनको पत्र::

