
एजेन्सी- बंगलादेशले आफ्नो प्रशिक्षक फेरेको छ । न्यूजील्याण्डका पूर्व लेफ्ट आर्म स्पिनर डेनियल विटोरीले प्रशिक्षण गर्ने भएका छन् । यस्तै दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर चार्ल लैंगवेल्ट पनि प्रशिक्षक चुनिएका छन् ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले लैंगवेल्ट र विटोरीलाई क्रमश: फास्ट बलिङ र स्पिन बलिङ कोचमा नियुक्त गरेको हो । लैंगवेल्टको कार्यकाल दुई वर्षको हुनेछ भने विटोरीले आगामी वर्ष हुने टी-२० विश्वकपसम्म प्रशिक्षण गराउनेछन् ।
डेनियल भिटोरीले यसअघि इन्डियन प्रिमियर लीग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरको प्रशिक्षण सम्हालिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
