चर्चा बटुल्दै ‘चरीत्रहिन’ (भिडियो)

Share:

पोखरा। युट्युबमा सार्वजनिक भएको छोटो अवधिमा नै कृष्ण सुवेदीको ‘चरीत्रहिन’ बोलको गीतले चर्चा बटुलेको छ । झन्डै १० दिन अगाडि सार्वजनिक भएको सो गीत अहिले ६ लाख भन्दा बढीले हेरिसकेका छन् । गीतमा र शर्मिला गुरुङ र सुवेदी कै छोरा अनुरोध सुवेदीको आवाज छ।

श्रीमान विदेशमा रहेका श्रीमतीहरुले कसरी कुबाटो रोजेर आफूलाई बर्वाद बनाइरहेका छन भन्ने मुख्य भाव गीतमा उल्लेख छ।

शिव अखेलीको शब्द सिर्जना रहेको सो गीतको लय सिर्जना कृष्ण सुवेदीको हो । सो गीतमा आशिर प्रताप जंग, पवित्रा सुवेदी, अनुरोध सुवेदी र केशव कँडेलको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो::

कमेन्ट गर्नुहोस्
Share: