
काठमाडौँ — आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत नेपालका केहि सरकारी वेबसाइट ह्याक भएको जानकारी सार्वजनिक गरिएको छ । डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको खुलाइएको छ ।
फ्यामिली ह्याक वेबसाइटले सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट ह्याक गरेको हो।
यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुल्छ।
साइबर सुरक्षा सम्बन्धी काम गर्ने नेपाली कम्पनी थ्रेट निक्सको अध्ययन अनुसार सन् २०१७ मा मात्रै एकसय ६० वटा सरकारी वेबसाइट ह्याक भएको थियो।
समयसमयमा सुरक्षा सम्बन्धी विचार नगरिदा सरकारी वेबसाइट ह्याक हुने गरेका छन् ।
