
पाेखरा । स्याङ्जामा एक महिलाको शव फेला परेको छ । भिरकोट नगरपालिका-१ जगतपुर बस्ने ५५ वर्षीय सितली माझीको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सार्वजनिक किरिया प्रतिक्षालयमा उनको शव फेला परेको थियो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मोटरसाईकल चालक घाईते
तनहुँमा माइक्रो र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक घाईते भएका छन् ।
म्याग्दे गाँउपालिका-५ तुरतुरेमा भिमादबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख १०३२ नं.को माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा १३ प ५२४ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा परी मोटरसाईकल चालक घाईते भएका छन् । दुर्घटनामा व्यास नगरपालिका-१४ केशवटार बस्ने ४५ वर्षका तिल बहादुर थापा घाईते भएका हुन् ।
घाईते थापालाई उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पठाईएको छ । प्रहरीले माईक्रो चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
