आयुष इन्टर्नेशनल म्यानपावरको पोखरा शाखामा सिलबन्दी

Share:

पोखरा । आयुष इन्टर्नेशनल म्यानपावरको पोखरास्थित शाखा कार्यलयमा सिलबन्दी गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट सञ्चालन अनुमति नलिई शाखा कार्यालय संचालन गरेको भन्दै वैदेशिक रोजगार विभागले श्रम कार्यालय पोखरालाई शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

विभागका महानिर्देशक डा भीष्म कुमार भुसालले श्रम कार्यालय पोखरालाई तत्काल अनुमति नलिइ सञ्चालनमा भइरहेका शाखा कार्यालय बन्द गर्न निर्देशन दिएसँगै कार्यालयमा सिलबन्दी गरिएको हो ।

शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले आयुष इन्टर्नेशनल ओभरसिज सर्भिस प्रा लिको नाममा पोखराको सभागृह र सृजनाचोकबीचमा कार्यालय राखेर चलाइएको पाइएकोले शिलबन्दी गरिएकोको श्रम कार्यालय पोखराले जनाएको छ ।

स्थलगत अनुगमन गरि आवश्यक कागजात नियन्त्रणमा लिएर एक कर्मचारीलाई उपस्थितिको लागि पत्र काटिएको कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

अनुमति बिना नै अबैध रुपमा शाखा चलेको पाइएकोले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयको संयुक्त टोलीले म्यानपावरको शाखा कार्यालय सिलबन्दी गरेको हो । उक्त शाखाबाट एक ल्यापटप, एक मोबाइल, सेवाग्राही फलो अप डायरी अनुसन्धानका लागि लिइएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: