लागु औषध सहित युवक पक्राउ

309
0
Share:

सुनसरी- धरान उप-महानगरपालिका-८ स्थित तिनकुने चोकबाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन् ।

आइतबार साँझ साढे ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट धरानतर्फ जाँदै गरेको यात्रु बाहक बसमा सवार धरान २ बस्ने शाहीलाई नियन्त्रणमा लिएर उनले बोकेको झोलामा खानतलासी गर्दा सो झोला भित्र लुकाई राखेको लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल र डाईजेपाम ७३ एम्पुल लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

पक्राउ परेका साही उपर कानूनी कारबाही अगाडी बढाइएको साथै थप अनुसन्धान भइरहेको १ प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: