
काठमाडौं । नेकपा नेता योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् ।
भट्टराईले आजै चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बताइएको छ।
गत फागुन १५ गते मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त रहेको थियो ।
ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका भट्टराई पहिलोपटक मन्त्री नियुक्त हुन लागेका हुन् । तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रालय सम्हाल्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
