
एजेन्सी।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए ।
दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ । तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने छन् ।
प्रतिबन्धका कारण मेस्सीले ३ अन्तर्राष्ट्रिय खेल गुमाएपनि क्लब फुटबल भने निरन्तर खेल्ने छन् ।
कमेन्ट गर्नुहोस्
