पोखरा सराङकोट ओरालोमा टाटासुमो पल्टियो, बाग्लुङका ४ जना घाईते

Share:

पोखरा २४ सराङकोटको ओरालोमा टाटासुमो पल्टिँदा ४ जना घाईते भएका छन् । घाईतेहरु सबै बाग्लुङका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माथिबाट पोखरा तर्फ झर्दै गरेको ग १ ज ६१११ नम्बरको टाटासुमो शनिबार बिहान नौ बजेतिर दुर्घटना भएको हो । घाईते हुनेहरुमा बाग्लुङ ८ का ३२ वर्षीय सुजन परियार, ३६ वर्षीय राजकुमार परियार, ४७ वर्षीय मिनबहादुर परियार र ४४ वर्षीय धनबहादुर परियार रहेका छन् ।

घाईते सबैको मेट्रो सिटी अस्पताल, सिर्जनाचोकमा उपचार गरिएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको डिएसपी राजकुमार केसीले जानकारी दिए । बाग्लुङबाट परियार परिवार पोखरा घुम्न आएको बताईन्छ । टाटासुमोमा ९ जना सवार थिए ।

कमेन्ट गर्नुहोस्
Share: