बागलुङमा पहिरोले तीन जनाको मृत्यु

Share:

बागलुङ। बागलुङकाे तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । अविरल वर्षापछि आइतबार राति १ बजे तिर आएको पहिरोले लामेलामा घर पुरिँदा स्थानीय ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० वर्षीया अन्सारी सिर्पाली र १२ वर्षीय प्रविण सिर्पालीको ज्यान गएको वडा नम्बर ४ का वडाध्यक्ष उदिन छन्त्यालले जानकारी दिए  ।

पहिरोले अन्य ९ वटा घरमा क्षति पर्‍याएको उनले बताए । पहिरोमा पुरिएका ७ जनाको स्थानीय र प्रहरीले उद्धार गरेको र घाइतेको अवस्था सामान्य रहेको स्थानीय बसन्त घर्तीले जानकारी दिएका छन् ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: