तनहुँमा मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु 

Share:

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक आइतवार राति मोटरसाइकल दुर्घटना भएको छ ।दुर्घटनामा  एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग५प २६३९ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार रसाइलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका सुमन विक घाइते भएका छन् । उनी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: